२०८२ भाद्र १३ | Aug 29, 2025

नयाँ बजेट योजनाले कोरियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १२

ललितपुर । दक्षिण कोरियाको केन्द्रीय बैंकले नयाँ सरकारद्वारा ल्याइएको अतिरिक्त बजेट योजनापछि आगामी वर्षको आर्थिक वृद्धिको अनुमान ०.१ प्रतिशतले बढाएको छ ।

बैंकको अनुसार, मूल्यवृद्धि समायोजन गरिएको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ मा ०.९ प्रतिशतले वृद्धि हुने छ, जुन तीन महिना अगाडि गरिएको ०.८ प्रतिशतको अनुमानभन्दा बढी हो ।

यो वृद्धिमा राष्ट्रपति ली जे–म्युंग नेतृत्वको सरकारले जनतालाई नगद सहायता प्रदान गरेर उपभोग बढाउने उद्देश्यले ल्याएको बजेट योजना मुख्य कारण रहेको जनाइएको छ ।

बैंकको यो अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषको ०।८ प्रतिशतको अनुमानभन्दा माथि भए पनि आर्थिक सहयोग तथा विकास संगठनले गरेको १.० प्रतिशतको अनुमानभन्दा तल छ ।

केन्द्रीय बैंकले सन् २०२६ मा आर्थिक वृद्धि दर १.६ प्रतिशत हुने अघिल्लो अनुमानलाई यथावत् राखेको छ ।

उपभोग्य वस्तुहरूको मूल्यवृद्धि दर भने यस वर्ष २.० प्रतिशत र आगामी वर्ष १.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement