नयाँ वर्ष तिमी

बिजनेस पाटी बिजनेस पाटी
|
२०७८ बैशाख ३
|
408 views

ललितपुर - नयाँ वर्ष तिमी नयाँ पालुवा लिएर आउ
सबै नेपालीहरुलाई नयाँ उमङ्ग सञ्चार गराउ

नयाँ वर्ष तिमी विगत जस्तै डरलाग्दा घटना नघटाउ
कोभिड जस्तो महामारीबाट सधैका लागि उन्मुक्ती गराउ

नयाँ वर्ष तिमी अकालमा कसैलाई नलैजाउ
सुख, शान्ति र समृद्धि सबैलाई एकसाथ देउ

नयाँ वर्ष तिमी राजनीतिक अस्थिरता सधै वन्द गराउ
लोकतन्त्र र गणतन्त्रको असली प्रत्याभूत गराउ

नयाँ वर्ष तिमी सबै नेतालाई सद्धबुद्धि देउ
राष्ट्रिय एकता कायम गरी नयाँ प्रगतिशील सरकार देउ

नयाँ वर्ष तिमी सबै बालबालिकालाई भयमुक्त गराउ
बुढा बुढी र रोगीलाई चयनको सास फेराउ

नयाँ वर्ष तिमी युवालाई देशमै काम गर्ने वातावरण वनाउ
रेमिट्यान्सबाट देशलाई चलाउने काम वन्द गराउ

नयाँ वर्ष तिमी कृषि पर्यटन,उद्योग क्षेत्र सबल बनाउ
उच्च आर्थिक वृद्धिदर कायम गरी राष्ट्र समृद्ध बनाउ

नयाँ वर्ष तिमी दलाल पूँजीवादको अन्त्य गराउ
देश सुहाउदो समाजवादी व्यवस्था कायम गराउ

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो