२०८२ भाद्र ६ | Aug 22, 2025

नवनियुक्त तीन मन्त्रीको शपथ आज पनि नहुने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५

ललितपुर । बाग्मती प्रदेश सरकारले कांग्रेसका नियुक्त तीनजना मन्त्रीहरुको शपथ ग्रहण विहीबार पनि नहुने जनाएको छ । बुधबार भनिएको शपथ ग्रहण कार्यक्रम सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि विहीबारलाई सारिएको थियो ।

तर, वाग्मती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटाको स्वास्थ्यमा अचालनक समस्या आएपछि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण फेरि पनि स्थगित भएको छ ।

प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान जानु परेकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु धादिङका गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, चितवनकी माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया