नागरिक उड्डयन कार्यालयले दशैंतिहारमा चङ्गा, उडाउन रोक लगायो

काठमाडौं  १० असोज २०८१।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दशैंतिहारमा चङ्गा, उडाउन रोक लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन नउडाउन नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी लेजर लाइट समेत प्रयोग नगर्न भनेको छ । दशैंमा चङ्गा उडाउने गरिन्छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने बताइएको छ ।

यदि कसैले यो सूचनाको अवज्ञा गरे÷गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया