२०८२ भाद्र ६ | Aug 22, 2025

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।

उनी पक्राउ परेसँगै आज हुने भनिएको जनमत पार्टी र नाउपाबीचको एकता प्रक्रिया रोकिएको छ।

चौधरीलाई २०७२ मा टीकापुर घटना गर्न प्रोत्साहन गरेको भूमिकामा जेल सजाय सुनाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया