२०८२ भाद्र ७ | Aug 23, 2025

नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ८

काठमाडौँ  नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई रु एक अर्ब ५२ करोड प्रतिफल प्रदान गरेको छ । कोष सञ्चालक समितिको बैठकले विसं २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो । बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया