२०८२ आश्विन १६ | Oct 02, 2025

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६
|
459 views

ललितपुर । बिहीबार राजावादीहरुले शान्तिबाटिका र आज माइतीघरमा प्रदर्शन गरे पछि भोली नारायणहिटी क्षेत्रमा प्रदर्शनको तयारी गरेकाबेला स्थानिय प्रशासनले नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् ।

अब शनिबार देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न पाइने छैन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया