निजगढको ठिटोले गरे जापानी अग्लो हिमालको आरोहण

 

प्रभात तिमल्सिना,

निजगढ ३२ श्रावण

अध्ययनको सिलसिलामा एक वर्ष अघि जापान पुगेका निजगढ ९ का कोमलनाथ न्यौपाने र दुर्गा न्यौपानेका कान्छा छोरा विष्णु न्यौपानेले जापानको सबै भन्दा अग्लो हिमाल माउण्ट फूजिको सफल आरोहण गरेका छन् । तिन हजार सात सय छयत्तर मिटर अग्लो हिमालको करिब दश घण्टा खर्चेर आरोहण गरेका छन् । चार जनाको समुह बनाएर आरोहण यात्रा शुरु गरेका उनले अगस्ट ८ मा सफल आराण गरेका थिए । नेपाली तिन र जापनीज एक गरी कुल चार सदस्यीय आरोहण दल माउण्ट फूजिको शिखरमा पुगेर नेपाली झण्डा फर्फराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया