२०८२ भाद्र ६ | Aug 22, 2025

निजामती विधेयक राज्य व्यवस्था समितिबाट पारित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २

ललितपुर। लामो समयदेखि विवादमा रहेका दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर अब निजामती कर्मचारी विधेयक राज्य व्यवस्थाबाट पारित भएको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिएकी छन् । उनका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एक÷एक वर्ष गरी गरिने छ ।

त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आज बसेको सुशासन समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो ।

पारित विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था साथै निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष राखिएको छ ।

विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया