२०८२ श्रावण २५

ललितपुर । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारबीच सहकार्य हुने हो भने हजारौं मानिसलाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था भएको भन्दै निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको पनि बताए ।
पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको उनको भनाई छ । उनले जबसम्म आम नागरिकहरुको चासो निजी क्षेत्रमा सकारात्मक रुपमा बढ्दैँन् तबसम्म रोजगारी सिर्जना गर्न, पूर्वाधार बढाउन नसकिने पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया