२०८२ आश्विन १६ | Oct 02, 2025

नियुक्ति बदरको माग गर्दै नवनियुक्त गभर्नर डा. पौडेल विरुद्ध सर्वोच्चमा रिट

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९
|
102 views

ललितपुर । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनको योग्यताको विषयलाई लिएर अदालतमा रिट निवेदन पेश भएको हो ।

आज अधिवक्ताद्वय अनन्तराज लुइँटेल र विशाल थापाले उनको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । उक्त रिटमा गर्भनर डा. पौडेलको नियुक्ति ऐन विपरीत भएको दावि गरिएको छ भने गर्भनर बन्न उनको शैक्षिक योग्यता समेत नपुगेको दाबी गरिएको छ ।

राष्ट्र बैंकको गर्भनरका लागि योग्य व्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित व्यक्ति हुनु पर्ने राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (३) मा गरिएको छ ।

त्यस्तै नवनियुक्त गर्भनर पौडेल २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट चुनाव लडेको व्यक्ति हुन् उनी सो निर्वाच्नमा रास्वपाका सांसद हरि ढकालसँग पराजित भएका थिए यही कारण गर्भनरमा उनको नियुक्त राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ के –क() विपरीत भएको समेत रिटमा उल्लेख छ । अर्थात् राष्ट्र बैंकको गर्भनरमा उनलाई नियुक्त गर्दा सरकारले राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ र सुशासन ऐन, २०६४ को दफा १८ समेत उल्लंघन भएको दाबी पौडेल उपरको रिटमा गरिएको छ ।

न्वनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलको नियुक्ति बरदको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन अध्ययनकै क्रममा रहेको दर्ता भने भइनसकेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया