निरपेक्ष गरिबीको रेखामुनि २०.२७ प्रतिशत जनसंख्या

काठमाडौं ,१४  जेठ,२०८१-

सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था र लक्षित कार्यक्रमको कार्यान्वयनका वावजुद गरिबी घट्न सकेको छैन । पन्ध्रौं योजनाको अन्त्यसम्म नेपालकाे निरपेक्ष गरिबीको दर ९.५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको भएपनि मुलुकमा निरपेक्ष गरिबीको रेखामुनि रहेनको संख्या २०.२७ प्रतिशत रहेको छ ।

विगतको तुलनामा निरपेक्ष गरिबी क्रमशः घट्दै गएको अवस्था रहेपनि कोभिड १९ महामारी लगायतका सङ्क्रामक रोग, विश्वव्यापीरूपमा भएको आधारभूत खाद्यान्नको मूल्यवृद्धि, विपदजन्य घटना लगायतको कारण आवधिक योजनाले लिएको लक्ष्यवमोजिम गरिवी घट्न नसकेको आर्थिक सर्वेक्षण २०८०/८१ ले उल्लेख गरेको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) का अनुसार ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबी २४.६६ प्रतिशत र सहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको छ ।मुलुकमा लाभजन्य रोजगारीका अवसर सीमित रहँदा रोजगारीको लागि विदेशिने क्रम बढ्दै गएको, उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन जस्ता क्षेत्र अपेक्षितरूपमा विकास हुन नसक्दा देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन सकेको सर्वेक्षणले जनाएको छ ।

बहुआयामिक गरिबीमा रहेको जनसंख्या भने १७.४ प्रतिशत रहेको र यसको तीब्रता ४२.५ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया