|
|
२०८२ मंसिर २८
34.6k views
ललितपुर - ललितपुर । नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले आगामी निर्वाचनमा आफ्नो सहभागित नहुने जनाएका छन् ।
शाक्य र ज्ञवाली दुवैले ७० वर्षे उमेर हदको वकालत गर्दै आफूहरू ७० वर्ष पुगिसकेकाले महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । साथै उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत सक्रिय राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् ।

बिजनेस पाटी