२०८२ भाद्र ६ | Aug 22, 2025

नेकपा एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथली हाइटबाट सञ्चालन

सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथली हाइटबाट सञ्चालन भएको छ। कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् ।

एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया