नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ७
|
663 views

ललितपुर - नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। सोमबारको केन्द्रीय कमिटीको निर्णयअनुसार आजै सबै सांसदहरूलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको हो।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ। 

    संघका २६ र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच सांसदलाई पार्टीको हितविपरीत चलेको भन्दै दुई दिन म्याद दिएर स्पष्टीकरण पत्र पठाउन लागेको हो। स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए बैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारवाही गर्ने तयारी गरेको छ। 

    यस अघि नै नेता नेपाल, सुरेन्द्र पाण्डे , भीम रावल र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि कारवाही गरिसकेको छ। 

    स्पष्टीकरण दिनुपने नेताहरुको सूची :

    १) माधवकुमार नेपाल

    २) झलनाथ खनाल

    ३) भीम रावल

    ४) सुरेन्द्र पाण्डे

    ५) घनश्याम भुसाल

    ६) पवित्रा निरौला

    ७) झपट रावल

    ८) यज्ञराज सुनुवार

    ९) मेटमणि चौधरी

    १०) जीवनराम श्रेष्ठ

    ११) विरोध खतिवडा

    १२) भवानी खापुङ

    १३) सोमप्रसाद पाण्डे

    १४) नारायण खतिवडा

      १५) जयकुमार राई

      १६) गणेश पहाडी

      १७) दीपकप्रकाश भट्ट

      १८) योगेशकुमार भट्टराई

      १९) लक्ष्मीकुमारी चौधरी

      २०) हिराचन्द्र केसी 

      २१) पुष्पाकुमारी कर्ण कायस्थ

      २२) कृष्णलाल महर्जन 

      २३) सरलाकुमारी यादव

      २४) कल्याणी खड्का 

      २५) नीरादेवी जैरु

      २६) मुकुन्द नेउपाने

      २७) रामकुमारी झाक्री

      कर्णाली प्रदेशका सांसद 

      १) प्रकाश ज्वाला

      २) नन्दसिंह बुढा

      ३) देवी ओली 

      ४) अम्बरबहादुर थापा

      ५) कुर्मराज शाही

       पात्रो/राशिफल  रेडियो YouTube