२०८२ भाद्र ६ | Aug 22, 2025

नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता शेयर लिलामीमा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ५

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा बेच्ने लागेको छ । कम्पनीले वैशाख १२ गतेदेखि लिलामी खुल्ला गर्ने गरी संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

लिलामी शेयर खरिद गर्ने इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदनका लागि वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्मको समय तोकेको कम्पनीले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

यसअघि कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको बाँकी सेयर कम्पनीले बल्ल लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै नेको इन्सुरेन्सका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया