नेको इन्स्योरेन्सको लाभांश घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ११
|
2.8k views

ललितपुर - काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड (NIL)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

विहीबार अर्थात् वैशाख ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube