२०८२ असार ११

ललितपुर । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल बिरुद्धको थुनछेक बहसका क्रममा अहिले अध्यक्ष नेपालका तर्फबाट वकिलहरूले बहस सुरु गरेका छन् ।
सुरुमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस थालेका छन् ।
आजै अदालत सामु भएको बयानका क्रममा पूर्वप्रधानमन्त्री नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दाबी गरेका गरेका थिए । उनले उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने पनि जिकिर गरेका थिए ।
जारी थुनछेक बहसका क्रममा अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले सुरुमा बहस गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया