२०८२ भाद्र १८ | Sep 03, 2025

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २२
|
51 views

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले हिजो (बिहीबार) एक प्रतिवेदन सार्वजनिक गर्दै यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले गत असोज ११ र १२ गतेको बाढीपहिरोले अर्थतन्त्रमा असर गरे पनि पुन उत्थानका लागि सरकारले गरेका कामले आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने बताएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतले नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी बढ्ने अनुमान गरेको छ । विश्व बैंकले आगामी दुई आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ । यसअघि गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३।९ प्रतिशतले वृद्धि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement