ललितपुर - ललितपुर । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २ दशमलव ९ प्रतिशत हुने अनुमान गरेकोमा मंगलबार सार्वजनिक गरिएको प्रक्षेपण अनुसार ० दशमलव ८ प्रतिशत विन्दुले घटेर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो ।
दक्षिण एशियाका अन्य मुलुकहरूको तुलनमा नेपालको स्थिति कमजोर देखिएको छ। सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत, भुटानको ७ दशमलव ३ प्रतिशत, बंगलादेशको ४ दशमलव ८ प्रतिशत, श्रीलंकाको ३ दशमलव ५ प्रतिशत र माल्दिभ्सको ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
हालैको ‘जेनजी’ आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो आन्दोलनलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र मुलुकमा अवसर अभावको उपजका रूपमा उल्लेख गरेको छ ।

बिजनेस पाटी