२०८२ भाद्र ७ | Aug 23, 2025

नेपालको बयान सकियो अब थुनछेक बहस हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११

ललितपुरं । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ ।

बिशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएको हो । अब केहीबेरमा थुनछेक बहस हुने छ ।

 

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपालकृष्ण घिमिरे, गोविन्द बन्दी,खम्मबहादुर खातीलगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् । थुनछेक बहस आजै सक्नेगरी तयारी भइरहेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अध्यक्ष नेपाल आज आफैं विशेष अदालतमा उपस्थित भएका थिए ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया