नेपालभाषा म्यूजिक भिडियो “लहिनां तयागु दुधा.”को प्रिमियर

काठमाडौं २९, फागुन २०८०।

नेपाली समाजको यथार्थपरक घटनामा आधारित घाउमा मलम लगाउँदा सजिलै निको हुने, तर मुटु भित्र चिरिएको घाउ झन बल्झदै जाने र कहिल्यै निको नहुने रहेछ । भन्ने सामाजिक मर्म बोकेको नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिनां तयागु दुधा.”को प्रिमियर हाइलाइट्स नेपालको युट्युबमार्फत भएको छ ।
यसको प्रिमियर फागुन २९ गते काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स, न्यूरोड फसिकेवमा एक कार्यक्रम गरी सम्पन्न भएको हो ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिनां तयागु दुधाः लिथ्वया वल य.माँ….” म्यूजिक भिडियो छायाँकन कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा निर्माण भएको भएको हो ।
उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । कलाकारहरुमा गायिका सरस्वती मानन्धर, खलनायक सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय हेर्न पाइने छ । प्रविधिक तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् ।
कार्यक्रम नेवा साधना कला केन्द्रको अध्यक्ष तथा गीतका रचनाकार र सहनिर्देशक सुन्दरमान श्रेष्ठ –बागमति भाई)को सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वरिष्ठ संगीतकार धन बहादुर गोपाली रहेका थिए । गोपालीले नेपाली समाजमा देखिने गरेको मद्यपानका कारण परिवारमा आउने विपतिको बारेमा कलात्मक रुपमा प्रस्तुत गीतले समाजको विकृति हटाउन टेवा पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा कलाकेन्द्रका सल्लाहकार पौभा साय्मिको बिशेष आतिथ्यताको मन्तव्यको क्रममा राज्यले नेपाल भाषा र नेपाल संवत्लाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइसकेको हुँदा अब जनस्तरबाट र नेपालभाषाका कार्यक्रममा कसैले बुझे पनि नबुझे पनि आफ्नै भाषाको प्रयोग गर्न र तिथी मितिको रुपमा नेपाल संवत्को प्रयोग व्यापक बनाउनु पर्ने धारणा पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं. १८का वडाअध्यक्ष न्हुछेंकाजी महर्जनले नेपालभाषाको विकासमा योगदान दिनुहुने गीतकार तथा संगीतकारहरुको प्रवद्र्धनमा वडाले निकट भविष्यमा महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिए । त्यस्तै शान्ति खलःका संस्थापक सदस्य तथा समाजसेवी कुष्णबहादुर साहु श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा बाक्लो संख्यामा गीत संगीतका पारखीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया