२०८२ भाद्र ९ | Aug 25, 2025

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४

ललितपुर। इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ। एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाण्डौमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो। निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको जनाइएको छ।

जर्जियो अर्मानीद्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, सुरुचिपूर्ण र आधुनिक फेसनको प्रतीक मानिन्छ। यस ब्रान्डले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर, उत्कृष्ट डिजाइन र मिहिन कलाकौशल समावेश गर्छ। एम्पोरियो अर्मानीले विश्वका उत्कृष्ट फेसन डिजाइनरहरू र उत्तम कपडाहरू, एक्ससेसोरिज् तथा अन्य कच्चा पदार्थकोको छनोट गर्दै फेसनको दुनियाँमा नयाँ शैली स्थापना गर्दै आएको छ। यो ब्रान्डले उपभोक्ताको आत्मविश्वास बढाउनुका साथै प्रयोगकर्ताको सुविधा र आरामलाई पनि उत्तिकै महत्त्व दिन्छ।
कपडामा मात्र सीमित नभई, एम्पोरियो अर्मानीले जुत्ता, वालेट, पर्स, बेल्ट, ब्यागलगायतका सम्पूर्ण लाइफ स्टाइल उत्पादनहरू उत्पादन तथा बिक्री वितरण गर्ने गर्छ।

हालसम्म नेपाली बजारमा नक्कली र अनधिकृत एम्पोरियो अर्मानीका उत्पादनहरू पाइँदै आएका थिए। तर अब पहिलो पटक आधिकारिक लक्जरी ब्रान्ड नेपाली उपभोक्ताहरूका लागि उपलब्ध हुँदैछ। एम्पोरियो अर्मानी हालै नेपालमा शोरूम तथा फ्रेन्चाइज स्टोर खोल्न अग्रसर भएको छ, जसले उपभोक्तालाई असलीपन र भरोसाको अनुभव दिलाउनेछ।

‘एम्पोरियो अर्मानी केवल फेसन ब्रान्ड होइन, यो आत्मविश्वास, पहिचान र गुणस्तरको प्रतीक हो,’ अरमानीका नेपाल प्रतिनिधीले बताए, ‘हामी यस्तो विश्वस्तरीय ब्रान्ड नेपाल भित्र्याउन पाउँदा गर्व महसुस गरिरहेका छौं।’

यस साझेदारीसँगै नेपाल अन्तर्राष्ट्रिय लक्जरी फेसनको क्षेत्रमा समावेश हुँदैछ। एम्पोरियो अर्मानीको आगमनले नेपाली बजारमा लक्जरी फेसन र लाइफस्टाइलको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement