
काठमाडौं । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८२ बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औं बार्षिकोत्सव मनायो । १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार गा्रहक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु २ खर्व ०२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ७३ अर्व परिचालन गरेको छ ।
बैंकले १८औं बार्षिकोत्सवको अवसरमा आइतबार बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकलेूरतmदान नै जिवनदानूभन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
साथै डिजिटल बंैकिङ्गलाई उच्च प्राथमिकतामा राखि ब्रिक बैंकिङ टु क्लिक बैंकिङ भन्ने मूल मन्त्रलाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बंैकिङ्ग एप मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुतmानी सेवा संचालनमा ल्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया