२०८२ भाद्र ६ | Aug 22, 2025

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक दिन पर सारियो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९

ललितपुर । असार १५ गते तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक दिन पर सारिएको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

 

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम,सरकारको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया