
ललितपुर । अन्तिम खेलमा घरेलु टिमसँग हार व्यहोरेसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिम आज स्वदेश फर्किएको छ ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला टिम प्रतियोगिताका तीन खेलपछि सोमबार बिहान स्वदेश फर्किएको छ ।
छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकाले पनि अन्तिम खेलमा भने हार व्यहोर्नु परेको थियो । अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि खेलको निर्धारित समय दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।
अन्तिम खेलमा हार व्यहोरेपछि नेपालको एसियन कप खेल्ने सपनालाई अन्त्य गर्दै नेपाली टोली नेपाल फर्किएको हो ।
सोमबार विहान महिला फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्थागत गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया