२०८२ भाद्र ७ | Aug 23, 2025

नेपाली राष्ट्रिय महिला टिमले फिफा महिला वरीयतामा हालसम्मकै उच्च स्थान हासिल गर्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २२

ललिततपुर । नेपाली राष्ट्रिय महिला टिमले फिफा महिला वरीयतामा हालसम्मकै उच्च स्थान हासिल गर्दै नयाँ वरीयताअनुसार ८७औँ स्थानमा आएको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल यस अघिको १००औँ स्थान बाट १३ स्थानमाथि उक्लिएर हालसम्मकै उच्च स्थान बनाएको हो ।

फिफाको दक्षिण एसियाली वरीयतामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र भुटानको पनि स्थान सुधार भएको छ । भारत दक्षिण एसियाको शीर्ष स्थानमा छ । भारत ६३औँ वरीयतामा उक्लिएको छ । बंगलादेश १०४औँ स्थानमा उक्लिएको छ भने दक्षिण एसियाको चौथो स्थानमा पाकिस्तान छ । पाकिस्तान १५४औँ वरीयतामा उक्लिएको छ । पाँचौँ स्थानमा श्रीलंका छ ।
विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ । स्पेन यसअघि दोस्रो स्थानमा थियो । अमेरिका पहिलोबाट दोस्रो स्थानमा झरेको छ । तेस्रोमा स्वीडेन चौथोमा इंग्ल्यान्ड र जर्मनी पाँचौँ वरीयतामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया