|
|
२०८२ पुष २४
2.2k views
ललितपुर । अजित लामिछानेको कथा, निर्देशन तथा आयुषा पोखरेलको प्रस्तुतिमा तयार भएको नेपाली सिरिज ‘घर एक सपना’ भोलि शुक्रवार देखी डिशहोम गो ओटिटी प्लेटफर्म बाट प्रसारणमा आउने भएको छ ।
सिरिजमा सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेत सुरेश थापा, सृजना अधिकारी, विप्लव लोहनी, पुष्पाञ्जली लिम्बू ,सुनिल तामाङ लगायत कलाकारको प्रमुख भूमिका रहेको छ । पारिवारिक सम्बन्ध, जिम्मेवारी र सपनाबीचको द्वन्द्वको कथा रहेको निर्देशक लामिछानेले जानकारी दिएका छन् ।
यो सिरिज केही समय पछि रमाइलो टिभीबाट प्रसारण हुने र प्रसारित भागहरू युट्युब मार्फत पनि दर्शकले हेर्न पाउने निर्माण पक्षले जानकारी दिएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया