२०८२ भाद्र १९
1.3k views

ललितपुर। नेपाली सेनालाई अमेरिकाले एउटा एयर एम्बुलेन्स र स्काई ट्रक सहयोग गरेको छ ।
विहीबार बिहान जंगीअड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले सहयोग स्वरुप यी दुई सामग्री हस्तान्तरण गरेका छन् ।
एयर एम्बुलेन्स घाइते वा बिरामीहरुको उद्धारका लागि र स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोगमा आउने नेपाली सेनाले जनाएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको समेत उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया