२०८२ भाद्र १० | Aug 26, 2025

नेपाली सेनालाई भारतले पठायो कुकुर र घोडा उपहार

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन नेपाल आइपुगेका भारतीय विदेशसचिव मिश्रीले आज नेपाली सेनालाई भारतीय उपहार दिएका छन् । दुईदिने भ्रमणमा आइतबार नेपाल आइपुगेका मिश्रीले नेपाली सेनालाई कुकुरदेखि घोडासम्म उपहार हस्तान्तरण गरेका छन् ।

सोमबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर मिश्रीले नेपाली सेनालाई भारतीय उपहारस्वरुप ६ वटा ‘लाइट स्ट्राइकिङ भेइकल’ दिएका छन् । स्रोतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी भए पनि विदेशसचिव नेपाल आएको अवसर पारी उनले नै उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा विदेशसचिव मिश्रीले सेनालाई ब्रिडिङ प्रयोजनका लागि भन्दै २ वटा सैनिक कुकुर, ६ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्रीहरुसमेत उपहारस्वप दिएको स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement