नेपाली सेना र प्रहरी जवाफ देऊ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ५
|
6.7k views

ललितपुर - मेरो राजधानी जलिरहेको थियो ।
टि.भी.का भित्ताहरूमा
सुदन गुरुङका टिमहरू
टीओबी ज्याकेट लगाएर
मेरा राष्ट्रका धरोहर जलाउँदै
मार्च पास्ट गरिरहेको थियो ।
टीओबी पद चिन्हका ड्रेसमा सुसज्जित भएर

मेरो देशको धरोहरहरू
जलिरहदा
न सेना देखियो
न त प्रहरीहरू नै देखियो
देश जलिरहेको थियो ।
पृथ्वीनारायण शाहले आज्र्याको मुलुक
वीर वलभद्र, अमरसिंह
वीर वीरङ्गनाले रगत बगााएर
आज्र्याको मुलुक
काठमाडौँ दनदनती बलिरहेको थियो ।
ती ऐतिहासिक धरोहर बलिरहदा
नेपाली सेनाको शून्यता
नेपाली प्रहरीको शून्यता
ती कता बाँधिएर बसेका थिए
सेना र प्रहरीका जिम्मेवारहरू हो ?
जवाफ मागिरहेको छु
तिमीहरूको उपस्थितिमा देश जलिरहदा के गरिरहेका थियौ ?
तिम्रो अनुपस्थितिको
चित्त बुझ्दो जवाफ
आम नेपालीले खोजिरहेका छन् ।
जवाफ मात्र होइन
देशप्रति घात प्रतिघात गरिँदा
कानूनले के भन्छ ?
ती घातहरूको मौनतामा
तिमीहरू माथि देशले दण्डित गरिनुपर्छ ।

      असरल्ल परेर
      टीओबी लेखेका तिब्बतीयनहरू
      देश खोज्दै मेरो देशका मुटुमा झरेका छन् ।
      मेरो देशले आश्रय दियो ।
      आश्रयको बदलामा
      देश जलाउने अपराधमा
      तिनीहरूको संलग्नता देखियो ।
      नक्कली नेपाली नागरिकता बोकेर
      टीओबीका नश्लहरू
      मेरो देशमाथि घात/प्रतिघात गर्दै
      मेरो सांस्कृतिक धरोहरको
      उच्चतम कलाकृति माथि घात/प्रतिघात गर्दै
      हामीले शरण दिएका थियौँ ।
      ती शरणको मरण गर्दैछन् ।
      मेरो देशको ऐश्वर्यता
      मेरो देशको सांस्कृतिक सम्पदालाई
      तिनीहरूको नेतृत्वमा
      देश खरानीमा परिणत हुँदैछ ।
      देशलाई यसबेला
      मृत्युघाटमा पुगेका लाशमा परिणत गराइदैछ
      मेरो देशमाथि घात प्रतिघात गरिदै
      ऐश्वर्यताले भरिएको
      सांस्कृतिक सम्पदाको अनुपम सौन्दर्यमा
      नामेट गरिदैछ
      देशलाई मृत्युघाटमा पु¥याइदैछ
      म मेरो देशमाथि
      न्यायले पारितोषिक भएको हेर्न चाहन्छु ।

      सेना र प्रहरी हो !
      तिमीहरूलाई प्रश्न गरिरहेको छु ।
      मेरो देशको आस्थाहरू
      काठमाडौँमा निर्मित आस्थाका धरोहर
      दनदनती बलिरहँदा
      न त प्रहरी देखियो ।
      न त सेना नै देखियो ।
      किन उँघिरहेको थियो स्वप्न नगरीमा ?
      यसको जवाफ तिमीहरूले दिनु पर्दैन ?
      मेरो देशको वैभवता
      मेरो देशको सिंहदरबार
      मेरो देशको संसद भवन
      ती सिंहदरबारमा
      जागिर खाएका सेना र प्रहरीहरू
      आगोले त खाएन होला ?
      उनीहरूले भिरिएका बन्दुकहरू
      देश जलिरहँदा
      ती देशद्रोही आतातायी माथि
      गोलीले डामिन पाएन ?
      यसको जवाफ
      देशभक्त नेपालीहरूलाई
      प्रहरी र सेनाले दिनुपर्छ ।
      देशमाथि घात प्रतिघात हुँदा
      तिम्रो मैनता अब तोडिनुपर्छ ।
      पत्रकार मित्रहरू !
      आफ्नो कलममा मसी भर्न ढिला भैसक्यो
      जो जहाँ छौ –
      देशघातका विरुद्ध कलमद्वारा छादौ
      देश बचाउने युद्धमा लागि परौँ ।

       पात्रो/राशिफल  रेडियो YouTube