नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो
काठमाडौं २१ साउन २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया