२०८२ भाद्र ७ | Aug 23, 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९

ललितपुर। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थापक सेयर धनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले विक्री गर्न लागेको शेयरको कित्ता भने खुलाएको छैन । यो सेयर खरिदका लागि जो सुकै इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

यसअघि संस्थापक शेयर धनीहरूका लागि २०८१ माघ १४ गते र २०८२ वैशाख ५ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । तर उक्त समयावधि भित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट कुनै लिखित जानकारी पेश हुन नआएकाले यसपटक सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसका लागि इच्छुक व्यक्ति वा संस्थाले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया