नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा भिसा वेयरेबल स्टिकरको सुरुवात

काठमाडौं ११ कार्तिक २०८१

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा भिसा वेयरेबल स्टिकर ‘एनआईएबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । बैंकले पहिलो पटक उक्त सेवा सुरु गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्राहकले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित रूपमा कारोबार गर्न सक्ने नयाँ प्रविधि सार्वजनिक गरेको हो ।

लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ ।

‘एनआईएमबी पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बैंकले जनाएको छ । यसले ग्राहकलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।

‘एनआईएमबी पेवियर’ नेपालका लागि गेम–चेन्जर हो,’ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले भने, ‘यो उत्पादनले हाम्रा ग्राहकको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ । उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ।’

नेपालमा पहिलो पटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको र जसले फेरि एकपटक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्ने उनले बताए ।

नवीनतम भुक्तानी समाधान र थप सुरक्षा

एनआईएमबी पेवियरले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ।

ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै ५ हजार रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता गर्ने बैंकले जनाएको छ ।

उक्त सेवा सुरुवातसँगै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले तीन महिनाभित्र एनआईएमबी पेवियर स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि, आफ्नो वेयरेबल शुल्क (एनपीआर १,०००) फिर्ता पाउने अफर ल्याएको छ । यस्तै शुल्क फिर्ताको अतिरिक्त लाभ पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया