२०८२ जेष्ठ ८

ललितपुर । नेपाल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
हिजो अर्थात् बुधबार इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न बोर्डले स्वीकृत दिएको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । जसको ४० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर इन्स्योरेन्सले जारी गर्न अनुमति पाएको हो ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पर्ने व्यवस्था गरेसँगै उक्त हकप्रद शेयर बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया