२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २०
|
204 views

ललितपुर । आगामी साउन ६ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसपटक कम्पनीले आफ्नो कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७।७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यसअघि जेठ ३० गते नै बुकक्लोज गरेको गरिसकेको थियो। यस अनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया