२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल एसबिआई बैंकको दशौँ वार्षिक साधारणसभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २७
|
1.8k views

ललितपुर । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आज (सोमबार) सम्पन्न उक्त सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

दर्शौ साधारणसभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले रु. पाँच करोड बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

उक्त साधारणसभाले आ.व. २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया