
ललितपुर । नेपाल एसबिआई बैंक लिमिटेडले बैंक एक समारोहका बीच आफ्नो ३२ औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नुभायो । साथै, उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिए।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गर्नुभयो । प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण पनि गरेको छ ।
विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे नेपाल एसबिआई बैंकले १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा दिँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया