२०८२ भाद्र ६ | Aug 22, 2025

नेपाल टेलिकमको आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ३१


ललितपुर । नेपाल टेलिकमले आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस आ.व.को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्व ५३ करोड २४ लाख ४२ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ३४ अर्व ५६ करोड २ लाख ६५ हजारको तुलनामा रु. २ करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी भएको छ ।
यस आ.व. को चौथो त्रैमासिकसम्म कुल आय रु. ३८ अर्व ७३ करोड ३३ लाख ४१ हजार रहेको थियो । उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ४२ अर्व ११ करोड ६९ लाख १० हजारको तुलनामा रु. ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।

यसैगरी चौथो त्रैमासिकसम्म (Earnings Before Interest, Taxes, Depreciation and  Amortization -EBITDA) रु. १९ अर्व २५ करोड ९१ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. १८ अर्व २ करोड ९ लाख ४४ हजारको तुलनामा रु. १ अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२ प्रतिशत) ले बढी हो ।
यसैगरी कर अघिको मुनाफा रु. ११ अर्व २१ करोड ६३ लाख ४८ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ११ अर्व २५ करोड ६ लाख ५१ हजारको तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (अर्थात् ०.३० प्रतिशत) ले कमी हो ।
चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. २ अर्व ६६ करोड ८१ लाख ९२ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व २३ करोड ५५ लाख २ हजारको तुलनामा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी भएको टृलकमले जनाएको छ । कम्पनीको प्रति शेयर आम्दानी (बार्षिक) रु. १४.८२ रहेको छ ।

गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा करिब रु. ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले कम भएको साथै ओटीटी सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमले कारण देखाएको छ । यसैगरी कम्पनीले गत वर्ष GSM अनुमति पत्र नवीकरणको लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस आ.व. को तेस्रो त्रैमासिकसम्म करिब रु. १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. ३ अर्ब ७ करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटी भएको अर्को कारण टेलिकमले बताएको छ ।
यस्तै प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक संस्थाहरुले मोबिलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डाटा प्रयोगमा उल्लेखनीय कमी भएको , बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमासमेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको ,सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको, कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आ.व. मा रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको कारणले पनि आय घटेको टेलिकमको भनाई छ ।


यसैगरी कम्पनीले गत वर्षसम्म Contingent Liabilitiesमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आ.व.मा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आ.व.मा व्यवस्था गरिएको, कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था (Expected Credit Loss) गरिएको , त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरिएको विबरणमा उल्लेख छ । यसैगरी कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित छुट दर हालको वित्तीय बजारस्थिति तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५% बाट ७% मा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेकोले पनि राजश्व तथा खुद मुनाफामा घटेको टेलिकमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया