नेपाल टेलिकमको खुद नाफामा १४.२० प्रतिशत गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८१ कार्तिक ३०
|
867 views

ललितपुर - काठमाण्डौ  ३० कार्तिक २०८१

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार, कम्पनीले असोज मसान्तसम्ममा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको कुल आम्दानीमा आएको कमीले गर्दा खुद नाफामा गिरावट आएको हो।

समीक्षा अवधिमा ग्राहकसँगको सम्झौता आम्दानीमा भने १.११ प्रतिशतको वृद्धि भएको छ, तर वित्तीय आम्दानीमा ३३ प्रतिशतको गिरावट देखिएको छ। यस अवधिमा कम्पनीको कुल आम्दानी ५.४९ प्रतिशतले घटेको छ।

प्रतिशेयर आम्दानी पनि घटेर ३८ रुपैयाँ ६६ पैसा पुगेको छ, जुन ६ रुपैयाँ ४० पैसाले कम हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

नेपाल टेलिकमको हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube