नेपाल टेलिकमको तेस्रो त्रैमासिक सम्मको कुल आय रु. ३१ अर्व २० करोड

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख ३१
|
459 views

ललितपुर - काठमाडौँ ३ वैशाख २०८१-नेपाल टेलिकमको चालु आ.व. को तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त)सम्मको कुल आय रु. ३१ अर्व २० करोड ४८ लाख ५८ हजार रहेको छ।उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त)को कूल आय रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजारको तुलनामा रु. २ अर्ब ३७ लाख ७ हजार (अर्थात् ६.०३ प्रतिशत) ले कमी भएको छ ।
चालु आ.व. को तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको कुल सञ्चालन आय रु. २५ अर्व ४८ करोड १२ लाख ८९ हजार रहेको छ। उक्त रकम गत आ.व.को सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल सञ्चालन आय रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजारको तुलनामा रु १अर्ब ८६ करोड ५३ लाख ५८ हजार (अर्थात, ६.८२ प्रतिशत) ले कमी भएको छ ।
मुनाफा
चालु आ.व. को तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त)सम्मको खुद मुनाफा रु. ५ अर्व ५९ करोड ३७ लाख ६८ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) को खुद मुनाफा रु. ५ अर्व ४१ करोड १९ लाख ७४ हजारको तुलनामा रु. १८ करोड १७ लाख ९३ हजार (अर्थात, ३.३६ प्रतिशत) ले बढी भएको छ।कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४१.४४ रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube