नेपाल टेलिकमको रिचार्जमा बोनस उपलब्ध

काठमाडौं १९ मंसिर २०८१-नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै Mobile Point Of Sale (MPOS) रNamaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।

कम्पनीले हिजो २०८१ मङ्सिर १८ देखि आगामी पौष १७ गते सम्मका लागिMPOS रिचार्जमा बोनस समेत उपलब्ध गराएको छ ।

ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477#डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया