२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल टेलिकमले ल्यायो दसैं–तिहार–छठ अफर २०८२

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ६
|
1.5k views

ललितपुर। नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं–तिहार–छठ अफर २०८२ सुरु गरेको छ। यो अफर असोज ६ गतेदेखि लागू हुनेछ र मोबाइल तथा इन्टरनेट सेवामा विशेष छुट र प्याकेज उपलब्ध गराइनेछ ।

अफर अन्तर्गत नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई असोज ६ देखि ३१ गतेसम्म जडान शुल्क रु. ५०० मिनाहा गरिनेछ। त्यस्तै, जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।

फेस्टिवल अनलिमिटेड प्याकेजमा प्रतिदिन ५ जीबी डाटा प्रयोग भएपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा डेटा उपलब्ध हुने छ भने फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेजमा १० जीबी प्रयोग भएपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा डेटा प्रयोग गर्न सकिनेछ।

साथै, रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा सहितको ‘जोयफूल मिनेटस्’ र रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधा सहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि उपलब्ध छन्। यी प्याकेजहरु प्रिपेडमा २८ दिन र पोस्टपेडमा ३० दिनको समयावधि राखिएको छ।

जीएसएम प्याकेजहरु असोज ६–२० र कार्तिक १–१० सम्म खरिद गर्न सकिनेछ। ग्राहकहरुले 141511# डायल गरेर वा नेपाल टेलिकम एप मार्फत यी प्याकेज खरिद गर्न सक्नेछन्।

नेपाल टेलिकमका अनुसार, यस प्रकारका चाडपर्व अफरहरुले ग्राहकहरुलाई आफन्तसँग सम्पर्क बढाउन, खुशी बाँड्न र डिजिटल सेवाको प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया