२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा २ जी र ४ जी सेवा सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
816 views

ललितपुर । नेपाल टेलिकमले भाद्र २५ गतेबाट कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका १ मा २ जी र ४ जी सेवा सञ्चालनमा ल्याएको छ । ४ जी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय ४जी सेवाबाट लाभान्वित भएका छन्।


हुम्ला जिल्लाकै चंखेली गाउँपालिका ६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट २ जी र ४ जी सेवा सञ्चालनमा ल्याएको छ । ४ जी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय ४ जी सेवाबाट लाभान्वित भएको प्रबवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया