२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल टेलिकम द्वारा विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाई फाई सेवा सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १२
|
1.4k views

ललितपुर । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाई फाई इन्टरनेट सेवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ । नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अति विशिष्ट कक्ष तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित निशुल्क इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सेवाको कभरेज रहेको स्थानमा “NT-CAAN Free WiFi” भएको वाई फाई मा जडान गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

                                       .

फेसबुकबाट तपाईको प्रतिक्रिया