२०८२ असार १४

ललितपुर । प्रतिनिधिसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ । ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
छलफलमा सहभागी सांसदले उठाएका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया