नेपाल पुनर्बीमा कम्पनीसँग प्राइम लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता
बिजनेसपाटी ११ मंसिर ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच नेपाल सरकारले चालु आ.व.२०७५÷०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया