|
|
२०८२ जेष्ठ ३
408 views
ललितपुर । सरकारले जटिल रोग लागेका बिरामीको स्याहार तथा उपचार लक्ष्यित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत गरेको छ ।
क्यान्सर, हृदय र फोक्सो रोग, अल्जाइमर्स, पार्किक्न्सन्स, मृगौलासम्बन्धी रोगजस्ता जीवनलाई दीर्घकालीन रूपमा चुनौती दिने अवस्थका बिरामीलाई प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले रणनीति स्वीकृत भएको हो ।
मुलुकमा क्यान्सरपीडितका लागि यस्तो सेवा भए पनि अन्य रोगका बिरामीका निम्ति प्रशामक सेवा उपलब्ध छैन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार उक्त रणनीति स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।
रणनीतिले स्वास्थ्य संस्थाहरुले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरुको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ । रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशक्ति निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
मन्त्री पौडेलको निजी सचिवालयका अनुसार हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिमा समावेश छ । रणनीति स्वीकृत भएसँगै जटिल प्रकृतिका रोगको सामना गर्न परिवार, समाज तथा राज्यलाई सहज हुनेछ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया