२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल फाइनान्सको लगनखेल शाखा प्रयागपोखरीमा स्थानान्तरण

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण २१
|
459 views

ललितपुर २१ साउन २०८१ ।

काठमाडौ महानगरपालिका वडा नं.२८, कमलादीमा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफनो लगनखेल शाखा कार्यालयलाई प्रयागपोखरीमा स्थानान्तरण गरेको छ ।
फाइनान्सले आज श्रावण २१ गतेका दिन संस्थाको ल.म.न.पा. वडा नं. ५, लगनखेलमा संचालनमा रहको शाखा कार्यालयलाई ल.म.न.पा. वडा नं. ६, प्रयागपोखरीमा स्थानान्तरण गरी कारोबार संचालनमा ल्याएको छ । कार्यक्रमको समुद्घाटन संस्थाका संचालक दिप्रश शाक्यले गरेका थिए । नेपाल फाइनान्स लामो समय देखि वित्तिय सेवा प्रवाह गर्दै आएको अग्रणी वित्तिय संस्था हो ।

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाले आज स्थानान्तरण गरेको लगनखेल शाखाको अतिरिक्त काठमाडौ महानगरपालिका–२८ कमलादीमा रहेको केन्द्रिय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ«े गाउँपालिका, मकवानपुरको हेटौडा, जनकपुरको धनुषाधाममा रहेका शाखा कार्यालय र काठमाण्डौको कालिमाटीमा रहेको विस्तारित काउण्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।
संस्थाले अत्याधुनिक बैकिंग सेवाको साथसाथै मोवाईल बैकिंग सेवा, डिजिटल बैंकिंग, एटिएम कार्ड, कनेक्ट आईपिएस, कर्पोरेट पे, ईन्टरनेट बैकिंग, एसएमएस सुविधा लगाएतका सेवाहरु संचालनमा रहेका सबै शाखाहरु मार्फत प्रदान गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया