२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल फाईनान्स लिमिटेडको स्वतन्त्र संचालकमा रोजिना श्रेष्ठ नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २८
|
612 views

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको स्वतन्त्र संचालकमा काठमान्डौ महानगरपालिका वडा नं. १ नक्साल बस्ने श्री रोजिना श्रेष्ठ नियुक्त हुनुभएको छ । संस्थाको संचालक समितिको बैठकबाट निजलाई आगामी ४ बर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरिएको संस्थाले जानकारी गराएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएकी श्रेष्ठले विभिन्न संघ संस्थाहरुमा व्यवस्थापकीय पदमा महत्वपूर्ण जिम्मेवारी बहन गरेको अनुभवका साथै निज विभिन्न व्यवसायहरुमा संलग्न रहदै आउनुभएको छ । यसका साथै निजसंग वित्तीय संस्थामा संचालक पदमा रही कार्य गरेको पूर्व अनुभव समेत रहेको छ ।

विभिन्न संघ संस्थाहरुमा व्यवस्थापकीय तहको अनुभवका साथै बैकिंग क्षेत्रमा समेत अनुभव प्राप्त व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकको रुपमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँको अनुभवले संस्थालाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास लिएको संस्थाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया